कोरोनाबाट सुर्खेतमा थप  एकको मृत्यु- समाचार - कान्तिपुर समाचार

कोरोनाबाट सुर्खेतमा थप  एकको मृत्यु

कान्तिपुर संवाददाता

सुर्खेत — कोरोना संक्रमणबाट सोमबार बिहान सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-११ निवासी ६२ वर्षीय पुरुषको बिहान ५:५५ बजे प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल

बाँकेको बैजनाथ गाउँपालिका-१ स्थायी ठेगाना भएका ती व्यक्तिलाई श्वास फेर्न गाह्रो भएपछि कात्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गर्दा पनि निको नभएको सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।


प्रकाशित : मंसिर १, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

घरमा आगो लाग्दा जलेर बालिकाको मृत्यु

अर्जुन राजवंशी

दमक — घरमा आगलागी हुँदा झापाको कमल गाउँपालिका–२ थापागाउँमा एक बालिकाको मृत्यु भएको छ । स्थानीय ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजिकाको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आइतबार राति ९ बजे परियारको घरमा बालिएको मैनबत्तीबाट आगो सल्किएको हो । आगोले ग्यास सिलिन्डर पड्किँदा घरभित्र रहेकी बालिकाको जलेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितले जानकारी दिए । आगोले घर पूरै नष्ट भएको छ ।

प्रकाशित : मंसिर १, २०७७ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×