दाहालले ओलीलाई लेखेको दोस्रो पत्र : हलो अड्काउने र गोरु चुट्ने कामबाहेक अरु के बुझ्ने कमरेड ? (पूर्णपाठ) - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले ओलीलाई लेखेको दोस्रो पत्र : हलो अड्काउने र गोरु चुट्ने कामबाहेक अरु के बुझ्ने कमरेड ? (पूर्णपाठ) 

बबिता शर्मा

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताएका छन् ।

ओलीलाई लेखेको दोस्रो पत्रमा उनले भनेका छन्, ‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’

दाहालले ओलीलाई लेखेको दोस्रो पत्र:

प्रकाशित : कार्तिक २८, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसीलाई कोरोना संक्रमण

इकान्तिपुर डेस्क

काठमाडौँ — डा. गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ । केही लक्षण देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको साेलिडारिटी फर डाक्टर गाेविन्द केसीले जनाएकाे छ । उनकाे श्वासप्रश्वासमा समेत समस्या देखिएको छ।

डा केसी अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भएका छन् । उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रकाशित : कार्तिक २८, २०७७ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×