पछिल्लो २४ घण्टामा थपिए २१ सय ११ कोरोना संक्रमित, ३५ सय ३७ डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिए २१ सय ११ कोरोना संक्रमित, ३५ सय ३७ डिस्चार्ज

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ जना रहेका छन् ।

प्रकाशित : कार्तिक २८, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?