१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा पूजाको दिन मंसिर २ गते मंगलबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जानकारी दिएको छ । किजा पूजा भाइटीकाको भोलिपल्ट हो ।

'मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ ।

किजा पूजा नेवार समुदायमा प्रचलनमा रहेको छ ।

प्रकाशित : कार्तिक २६, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?