समाचार

सीसीएमसी र उपत्यका मेयर फोरमबीच छलफल : छठपछि कोरोना चक्र तोड्न प्रभावकारी कदम चालिने  

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । 

पूर्वराज्यमन्त्री गौचनको निधन

पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना

पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो ।

नगरकोट सडक बनाउन माग गर्दै प्रदर्शन

नगरकोटको मुख्य सडक विस्तारका नाममा ठेकेदार कम्पनीले अलपत्र छोडेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । सडक विस्तारको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन प्रालि र आरामाली–इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभीको लापरबाहीका कारण सडक थप जीर्ण बनेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

'रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले नभई जनताले छानेर पठाएकाले प्रधानमन्त्री भएको बताएका छन् । उनले यति बेला सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्ला मात्रै भएकोसमेत बताए ।

किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चीनसँगको सीमामा सुरक्षा व्यवस्था मिलाउन गृहलाई नेकपा सांसदको  ध्यानाकर्षण

चीनको तिब्बतसँग जोडिएको बझाङको सीमामा सुरक्षा व्यवस्था नहुँदा तस्करी बढेको भन्दै प्रतिनिधिसभा सदस्य आशा विकले गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । यथाशीघ्र सीमामा सुरक्षा निकायको उपस्थिति हुने वातावरण मिलाउन गृह मन्त्रालयलाई सांसद विकले अनुरोध गरेकी हुन् । 

वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुन पाउने, सर्वोच्चले अस्वीकार गर्‍यो अन्तरिम आदेश 

प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुन तत्कालका लागि कुनै बाधा नपर्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबारलाई सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि २८ गते शुक्रबारका लागि सारिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठक पर्सि २८ गते बस्ने जानकारी गराएका हुन् । यसअघि बैठक बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको थियो ।  

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १२ सय ६१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय ६१ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमित पुष्टि हुनेमा ५२८ महिला र ७३३ पुरुष रहेका छन् ।

कोेरोनाबाट थप २६ जनाको मृत्यु, मृतककाे संख्या ११ सय ७४ पुग्यो

कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाले दुई दिनको फरकमा दम्पतीको मृत्यु

धरान उपमहानगरपालिका–१४ विजयपुरमा कोरोनाले दुई दिनको फरकमा पतिपत्नीको मृत्यु भएको छ । पत्नीको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान पतिको पनि मृत्यु भएको हो । उनीहरू दुवै जना होम आइसोलेसनमा थिए ।

चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि सीमामै

उत्तरी छिमेकी चीनले दिएका ह्युमपाइप दुई वर्षदेखि नेपाल–चीन सिमाना टिप्ताला भञ्ज्याङमा थन्किएका छन् । नियमित यातायात सञ्चालन गर्न ठूला नदी तथा खोलामा राख्न २०७५ मा दिएका फलामका ह्युमपाइप अलपत्र परेका हुन् ।

'संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल' नलेखे आन्दोलन : यादव

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले 'संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल'  नलेख्ने सरकारको निर्णय मुलुकलाई प्रतिगमनतर्फ लैजाने चेष्टा भएको आरोप लगाएका छन् । उनले सरकारले यो निर्णय फिर्ता नलिए आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

तीन जलविद्युत् परियोजनाका लागि ३८ अर्बको विदेशी लगानी स्वीकृत

लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

गौतमविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुने

सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेका दुई फरक निवेदनमाथि बुधबार सुनुवाइ गर्ने भएको छ । दुवै मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय संवैधानिक इजलासमा तोकिएको छ ।

किमाथांका पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई लिएर चीनसँगको सीमा जोडिएको क्षेत्रमा प्रधानमन्त्री ओली गएका हुन् । 

त्रिविमा बीएससी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि (तालिकासहित)

त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण प्रभावित परीक्षा मंसिर २८ गतेबाट सञ्चालन गर्ने भएको छ । विद्यार्थीले घर पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् ।

देशभर ५ सय संक्रमित आईसीयूमा उपचाररत

देशभर पाँच सय कोरोना संक्रमित सघन उपचारमा छन् । यसमध्ये ४ सय ४ जना आईसीयू र ९६ जना भेन्टिलेटरमा छन् । हालसम्म कोरोनाबाट १ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

१२ वायुसेवाको उडान सुरु भएन

नेपालमा उडान गर्दै आएका १४ वटा मुलुकमध्ये थाइल्यान्ड, भारत, बंगलादेश र सिंगापुरबाट यात्रु अभावका कारण १२ वटा वायुसेवाले अझै नियमित उडान थालेका छैनन् ।

प्रिन्टिङ प्रेस अनियमितता : प्रधानमन्त्री संलग्‍न रहेको मिश्रको आरोप

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् ।

कांग्रेस महाधिवेशनमा तदर्थ संस्थाको प्रतिनिधित्व नहुने

कांग्रेसको महाधिवेशनमा आफ्नो अधिवेशन गराउन नसकेका भ्रातृसंस्थाले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । पौडेल पक्षको माग सम्बोधन गर्न सभापति देउवाले बोलाएको अनौपचारिक बैठकमा म्याद सकिएर वर्षौंदेखि तदर्थमा चल्दै आएका भ्रातृसंस्थाले अधिवेशनबेगर महाधिवेशन प्रतिनिधि चयन गर्न नपाउने समझदारी जुटेको हो ।

मल, बीउ र मूल्यमा किसानलाई आश्‍वासन मात्रै

हरेक वर्षजस्तै यो वर्ष पनि धानबाली लगाउने मुखमै किसानले रासायनिक मलको अभाव भोगे । धानपछि गहुँ बालीलाई अभाव हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बंगलादेशबाट पैंचोमा मल ल्याएर भए पनि किसानलाई सहजै उपलब्ध गराउने आश्वासन बाँड्यो । गहुँ छर्ने समय सुरु भइसक्यो । तर अहिलेसम्म किसानले मल पाएका छैनन् ।

उरै नाकाबाट खुलेआम तस्करी

चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन ।