१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भूकम्पको ‘इपिसेन्टर’विवाद सुल्झियो

कान्तिपुर संवाददाता

गोरखा — भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) बारे बारपाक सुलीकोट र धार्चे गाउँपालिकाबीचको विवाद सुल्झिएको छ । इपिसेन्टरको विवाद उत्कर्षमा पुगेपछि सोमबार साँझ जिल्ला समन्वय समितिको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले विवाद समाधान गरेको हो ।

भूकम्पको ‘इपिसेन्टर’विवाद सुल्झियो

‘इपिसेन्टर’ शब्दको प्रयोग धार्चे गाउँपालिकाले प्राविधिक रुपमा गल्ती लेखेकाले सच्याउने निर्णय भएको जिसस प्रमुख अशोक गुरुङले बताए । २०७२ को भूकम्पको इपिसेन्टर बारपाक नै भएको विषयमा कुनै विवाद नरहेको बैठकले निष्कर्ष निकालेको छ । दुई गाउँपालिकाका जनप्रतिनिधिसहितको बैठकले तीन बुँदे सहमति गर्दै विवाद समाधान गरेको हो । धार्चे प्रवेश गर्ने नाकामा अवरोध गर्नु गलत भएकाले उक्त कार्य कसैबाट नदोहोर्‍याउने निर्णय भएको गुरुङले बताए ।

कात्तिक १५ मा धार्चे गाउँपालिकाको चुङकङमा इपिसेन्टर लेखिएको बोर्ड राखिएसँगै विवाद सुरु भएको थियो । इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयले बिहीबार धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध गरेका थिए । उक्त अवरोध आइतबार हटाइसकिएको छ ।

इपिसेन्टरसँगै पर्यटन पदमार्ग निर्माण तथा सामुदायीक वन क्षेत्रभित्र ढुङ्गामुढा उत्खनन गरेको विषयमा पनि छलफल चल्नुपर्ने बारपाकवासीले बताउँदै आएका थिए । यसमा प्रचलित ऐन कानुन बमोजिम गर्ने सोमबारको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।


प्रकाशित : कार्तिक २५, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?