१६ लाख रुपैयाँसहित वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ

भुषण यादव

वीरगन्ज — पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ । 

१६ लाख रुपैयाँसहित वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ

ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट १६ लाख रूपैयाँ बरामद भएको हो । उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको हो ।

जैनलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कुँवरले जनाए ।

प्रकाशित : कार्तिक २४, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?