कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्तको जिम्मेवारी दिएको हो । शाक्य प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक हुन् । प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङमा काजमा खटिएका शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाएर निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले शाक्यलाई एनईए इन्जिनियरिङबाट प्राधिकरणमा फिर्ता बोलाउन निर्देशन दिएका थिए । शाक्यलाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

यसअघि शाक्य अर्को संस्थामा काजमा रहेको भन्दै अर्का उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो । पछिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर भदौ ३१ गते प्राधिकरणबाट बिदा भएपछि यो पद खाली छ ।

प्रकाशित : कार्तिक २४, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?