कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना भत्ता नपाएको भन्दै वीरका स्वास्थ्यकर्मी आन्दोलित

फातिमा बानु

काठमाडौँ — कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । दैनिक एक घण्टा ड्युटी छोडेर उनीहरू अस्पताल परिसरमा चार दिनदेखि धर्ना बसिरहेका छन् ।

कोरोना भत्ता नपाएको भन्दै वीरका स्वास्थ्यकर्मी आन्दोलित

अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमण व्यस्थापनमा खटाएपनि गुणस्तरिय स्वास्थ्य सुरक्षा सामग्री नदिएको, समयमा तलब नदिएको र चैत ११ गतेदेखि हालसम्म एकपटक पनि भत्ता नदिएको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

‘आकस्मिक कक्ष र आइसोलेसनमा खटिनेलाई गुणस्तरीय पीपीई दिँदैनन्, जसका कारण हामी आफै संक्रमित भइरहेका छौं,’ अस्पतालको कर्मचारी युनियनका सचिव दिपक मुडबरीले भने, ‘न भत्ता दिइएको न बिमाको शुल्क, यसरी कहिलेसम्म हामी काम गर्नुपर्ने हो ?’

वीरमा हालसम्म करिब २५० स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्, तीमध्ये आधा संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमै छन् । भत्ता र सुरक्षा सामग्री उपलब्ध नगराए आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलित स्वास्थ्यकर्मीहरूको चेतावनी छ । वीरमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्, जसले संक्रमितकाे उपचारमा खटिएबापत पाउनुपर्ने सेवासुविधा पाएका छैनन् ।

प्रकाशित : कार्तिक २०, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?