भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

इकान्तिपुर डेस्क

काठमाडौँ — उच्च अदालत पाटनले समिर लामा 'भिटेन'लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ । 

भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

मंगलबार मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले गायक भिटेनलाई पक्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरीलाई पक्राउ नगर्न भनेको हो ।

अदालतका उप-रजिस्ट्रार शम्भुप्रसाद रेग्मीले गीत संगितको विषयलाई लिएर प्रहरीलाई पक्राउ नगर्न भनेर अदालतबाट अन्तरिम आदेश भएको कान्तिपुरलाई बताए ।

उनले भने,'गीत संगितको विषय भएकाले पक्राउ नगर्न आदेश भएको हो । फौजदारी कसुर गरेको छ भने पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्न पाउँछ ।'

र्‍यापर भिटेनको नयाँ र्‍याप गीत 'पारा' गीतमा आपत्तिजनक शब्दहरु भएको भन्दै गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान सुरु गरेपछि कात्तिक १३ गते उक्त गीत युट्युबबाट हटाइएको थियो ।

भिटनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका थिए ।

प्रकाशित : कार्तिक १८, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?