कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन : चिनियाँ विदेश मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ ।

नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन : चिनियाँ विदेश मन्त्रालय

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले 'चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको' बताएका हुन् ।

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

प्रकाशित : कार्तिक १८, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?