कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मुकेश चौरसिया हत्या प्रकरण : थप एक आरोपी पक्राउ

भूषण यादव

वीरगन्ज — नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्या आरोपित थप एकजना पक्राउ परेका छन् ।

मुकेश चौरसिया हत्या प्रकरण : थप एक आरोपी पक्राउ

विन्दवासिनी गाउँपालिका–४ मधवन निवासी ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई आइतबार साँझ वीरगन्ज महानगरपालिका–१६ इनर्वा गाउँबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो ।

झडपको क्रममा अर्को पक्षबाट तिवारी घाइते भएका थिए । घाइते भएपछि तिवारी नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

झडप भएकै साँझ चौरसियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सूचना बाहिरिएपछि मेडिकल कलेजमा उपचार गराइरहेका उत्तम र उनका भाई चिन्टु तिवारी फरार भएका थिए ।उत्तमलाई प्रहरीले नियन्त्रणमा लिएपनि चिन्टु अझै फरार छन् ।

चौरसिया हत्याको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि कात्तिक १३ मा सरकारी वकिल कार्यालय मार्फत १२ जना माथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो ।

नेकपा नेता तथा तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना माथि मुद्दा दर्ता गराएका मृतकका भाई महेश चौरसयाले बताएका छन् । १२ जना मध्ये हालसम्म तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना झडपकै दिन पक्राउ परेका थिए । नेता गुप्तासहित ९ जना आरोपित अझै प्रहरी सम्पर्क बाहिर छन् ।

प्रकाशित : कार्तिक १७, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?