पेट्रोलियम पदार्थको अन्वेषण मिति सरेको सर्‍यै

काम सक्नुपर्ने समयमा पुन: सम्झौताको तयारी 
ज्योति कटुवाल

दैलेख — पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल र चीन सरकारबीच  गरिएको सम्झौता संशोधनको तयारी गरिएको छ ।

पेट्रोलियम पदार्थको अन्वेषण मिति सरेको सर्‍यै

अन्वेषणका लागि दुवै देशबीच भएको सम्झौताअनुसार कामले गति नलिएपछि अन्वेषणको मिति सरेको सर्‍यै गरेको हो ।

अन्वेषणका लागि पहिलोपल्ट सन् २०१७ र दोस्रोपटक २०१९ मा सम्झौता भएको थियो । खानी तथा भूगर्भ विभागले सेस्मिक सर्भेको स्थलगत अध्ययनको नतिजा कुरिरहेका जनाएको छ । नतिजा कुर्दाकुर्दा विभागले झन्डै १ वर्षको समय खेर फालेको उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले बताए । ‘सम्झौता गर्न र म्याद थप्नमै सरकार तल्लिन छ,’ उनले भने, ‘नतिजा देखिनेगरी काम कहिल्यै भएन ।’

चिनियाँ प्राविधिक टोलीको अध्ययनको नतिजा नआउँदा र लकडाउनका कारण काम नभएको देखाउँदै विभागले अन्वेषणको काम २०२० मा नगर्ने जनाएको छ । कोरोना महामारीका कारण धेरै काम हुन नसकेको भन्दै विभागले २०२१ को जनवरीबाट अन्वेषण सुचारु गर्ने जनाएको हो । २०१९ फेुबुअरीमा सम्झौता गरी २०२२ भित्रै आयोजनाको काम सम्पन्न गर्ने विभागको लक्ष्य थियो ।

२ वर्षसम्म सोचेअनुसारको काम नभएपछि सम्झौता संशोधन गर्ने तयारी थालिएको विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए । ‘अब पनि कोभिडले कहिलेसम्म पछाडि धकेल्ने हो थाहा छैन,’ उनले भने, ‘तर २०२१ को सुरुदेखि नै काम सुचारु गर्ने हाम्रो योजना छ ।’ सर्भेको काम सकिनबित्तिकै कोरोनाले असर गरेको उनले बताए ।

चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको ड्रिलिङको काम गरिने विभागले जनाएको छ । विभागका अनुसार सेस्मिक सर्भेको विश्लेषण र अन्वेषण रिपोर्टको आधामारमा ड्रिलिङ गरिनेछ । चिनियाँ टोलीसँग गरिएको ३ चरणको सम्झौताअनुसार पहिलो स्थलगत अध्ययनको नतिजा नै समयमा उपलव्ध नभएको डा. त्रिपाठीले बताए ।

दैलेखको भैरवी गाउँपालिका–१ शिरस्थानमा सयौं वर्षदेखि बलिरहेको ज्वाला । तस्बिर : ज्योति कटुवाल/कान्तिपुर

प्रकाशित : कार्तिक १६, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?