अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी

रासस

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा शनिबार गुर्जोको बिरूवा रोपेको छ ।

तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो ।

प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिए ।

प्रकाशित : कार्तिक १५, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय प्रशासनले कब्रिस्तान खोल्यो

मोहन बुढाऐर

धनगढी — जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय मुस्लिम समुदायलाई कब्रिस्तानमै अन्तिम संस्कार गर्न दिने अनुमति दिएको छ ।

धनगढी–१ मा रहेको कब्रिस्तानमा बिहीबार एक जना कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको दबाबमा धनगढी–१ वडा कार्यालयले कब्रिस्तान सिल गरेको थियो । कब्रिस्तान सिल गर्दा शुक्रबार १ वडाका ५० वर्षीर्ये मोहमद जमसदको अन्तिम संस्कार रोकिएको थियो ।

मोहमदको अन्तिम संस्कार रोकिए पछि शनिबार बिहान स्थानीय मस्लिम समुदाय विरोधमा उत्रेका थिए । आफनो धार्मिक परम्परा अनुसार कव्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनु पर्ने र सिल गर्न नहुने भन्दै विरोधमा उत्रेका थिए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले स्थानीयको समस्यामाथि पछि छलफल र समाधान खोज्दै हाललाई मुस्लिम समुदायले कब्रिस्तानमा गर्दै आएको अन्तिम संस्कारको कार्यलाई रोक नलाग्ने गरी स्थानीय तहले लगाएको सिल तोडिएको बताए ।

प्रकाशित : कार्तिक १५, २०७७ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×