कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य स्थिर

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमित भई पाँच दिनदेखि उपचाररत कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । सुरुमा वीर र पछि ग्रान्डी अस्पतालमा उपचाररत विश्वकर्माको फोक्सोमा निमोनिया देखिएको छ ।

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य स्थिर

उनका स्वकीय सचिव आकाश उप्रेतीका अनुसार कात्तिक ११ गतेदेखि विश्वकर्मालाई ग्रान्डी अस्पतालको नन इनभेसिफ भेन्टिलेटरमा राखेर उपचार गराइएको छ ।

कात्तिक १ गते संक्रमण देखिएका विश्वकर्मा ९ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि वीरमा भर्ना भएका थिए । त्यतिन्जेल उनी घरमै आइसोलेसनमा थिए । अस्पताल भर्ना भएको दिनमा सामन्य अक्सिजन दिएर राखिएको थियो । सुधार नभएपछि कात्तिक १० मा आईसीयूमा राखिएको थियो । शुक्रबार साँझ टेलिफोनबाट चिकित्सकले दिएको जानकारीअनुसार विश्वकर्माको फोक्सोले ७० प्रतिशत काम नगरेको उप्रेतीले बताए । ‘स्वास्थ्यमा सुधार नदेखिएको र बिग्रेको अवस्था पनि नभएको भनेर चिकित्सकले जानकारी गराउनुभएको छ,’ उनले भने ।

अस्पतालले समयमा बिरामीको अवस्थाबारे जानकारी नदिएको आफन्तले गुनासो गरेका छन । विश्वकर्माको साला नाताका विवेश पौडेलले समय–समयमा बिरामीको अवस्थाबारे जानकारी माग्दा अस्पतालबाट नपाएको बताए । कोभिड–१९ संक्रमणका बिरामीलाई अस्पतालमा भेट्न दिने गरेको छैन । ‘भेट्न नपाए पनि बेलाबखत बिरामीको अवस्थाको जानकारी दिएमा आफन्तलाई ढुक्क हुने थियो,’ उनले भने । अस्पतालले भने भेटेर नभई टेलिफोनबाट जानकारी दिइए्को जनाएको छ ।

प्रकाशित : कार्तिक १४, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?