२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भक्तपुर अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । मृतक महिलाले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी थिइन् । 

भक्तपुर अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमण पुष्टि भई कात्तिक ३ मा अस्पताल भर्ना भएकी ती महिलाको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

भक्तपुर अस्पतालमै उपचाररत भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भई उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा.गौतमले बताइन् ।

त्यसैगरी, बिहीबार नै भक्तपुर नगरपालिका–३ बाराहीस्थानका ५६ वर्षीय पुरुषको करुणा अस्पताल बुढानिलकण्ठमा उपचारकै क्रममा मृत्यु भएको छ । कात्र्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मधुमेहका बिरामी भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७७ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?