५ सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो

'कोठामा सुरक्षित राखिएको लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ'
कान्तिपुर संवाददाता

जनकपुर — यातायात व्यवस्था कार्यालय जनकपुरले सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा भेटिएको छ ।

५ सय स्मार्ट लाइसेन्स धान खेतमा भेटियो

जनकपुरको मुजेलियास्थित यातायात कार्यालय नजिकै रहेको धान खेतमा सवारी चालक अनुमतिपत्र भेटिएको कार्यालय प्रमुख विपिन कर्णले स्विकारे ।

खेतमा धान काट्ने क्रममा मजदुरहरूले लाइसेन्स देखेपछि बटुलेर बुधबार अपरान्ह कार्यालयमा बुझाइदिएका थिए ।

कार्यालयको कोठामा सुरक्षित राखिएको लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको कर्णले बताए ।

प्रकाशित : कार्तिक १३, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?