भिटेनको नयाँ गीतबारे प्रहरीले सुरु गर्‍यो अनुसन्धान

कान्तिपुर संवाददाता

काठमाडौँ — र्‍यापर समिर घिसिङ 'भिटेन' ले हालै सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

भिटेनको नयाँ गीतबारे प्रहरीले सुरु गर्‍यो अनुसन्धान

'पारा' बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

'गीतमा अपाच्य शब्दहरुको प्रयोग गरिएको छ । हामीले अनुसन्धान गर्नू भनेर ब्यूरोलाई निर्देशन दिएका हौं,'कडायतले कान्तिपुरसित भने ।

साइबर ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले गीतको अनुसन्धान सम्बन्धमा पत्र प्राप्त गरेको बताए । उनले भने,'हामीले पत्र प्राप्त गरेका छौं, प्रारम्भिक अनुसन्धानमै छौ ।'

भिटेनको पारा बोलको गीत बिहीबारसम्म युट्युबको ट्रेन्डिङ नम्बर १ मा थियो । हाल उनले उक्त गीत प्राइभेटमा राखेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?