कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाल्पा–बुटवल सडकखण्डमा सवारी दुर्घटना हुँदा ८ जना घाइते

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

पाल्पा–बुटवल सडकखण्डमा सवारी दुर्घटना हुँदा ८ जना घाइते

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पा आउँदै गरेको लु १ ख ९९८२ नम्बरको बसलाई ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रिब्दीकोट, देउरालीका केशवराज भट्टराई, ख्याहाका शालिकराम विक र चन्द्र बहादुर सुनार, भैरवस्थानका शेरबहादुर थापा, पूर्वखोलाकी हिरादेवी राना, रुपन्देवी बुटवलका पूजा सुनार, तिलोत्तमाकी दुर्पता गैरे, नवलपरासी अस्नैयाका युगेश घर्ति घाइते भएका छन् ।

उनीहरु सबैको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक १३, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?