१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, २४ घण्टामा १७ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको बिहीबार जानकारी दिएको हो । मन्त्रालयको वेबसाइट अनुसार पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, २४ घण्टामा १७ जनाको मृत्यु

२४ घण्टाको अवधिमा बुधबार ११ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा बिहीबार कोरोना संक्रमित भने २ हजार ३६४ जना थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?