कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८७ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा बुधबार पुष्टि गरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थपिएका ११ जनासँगै मृतकको संख्या ८८७ पुगेको हो । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८७ पुग्यो

मुलुकभर पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ८८९ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७७ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?