स्वास्थ्य मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङ अब हप्ताको दुई दिन मात्र

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना मिडिया ब्रिफिङ अबदेखि हप्ताको दुई दिन मात्र आउने भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङ अब हप्ताको दुई दिन मात्र

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तालिका परिवर्तन भएको भन्दै हप्ताको दुई दिन आइतबार र बुधबारमात्र साविककै समयमा प्रसारण हुने जनाए ।

उनले कोरोना सम्बन्धी तथ्यांक तथा जानकारीका लागि हरेक दिन ४:३० मन्त्रालयको वेबसाइट, फेसबुक ,ट्वीटर, भाइबर, स्वास्थ्य मोबाइल एप्लिकेसनलगायतबाट कोरोनासम्बन्धी जानकारी लिन सकिने जनाए ।

प्रकाशित : कार्तिक १२, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?