कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वी नवलपरासीमा कोरोनाले थप एकको मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको सोमबार बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

पूर्वी नवलपरासीमा कोरोनाले थप एकको मृत्यु

कात्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो । सोमबार बिहान ३ बजे मध्यविन्दुस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लामा १६ सय जनामा कोरोना संक्रमण भइसकेको छ ।


प्रकाशित : कार्तिक १०, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?