२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाबुराम–हिसिलालाई काेराेना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाबुराम–हिसिलालाई काेराेना संक्रमण

नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उनले उल्लेख गरेका छन् ।

चिकित्सकहरूको सल्लाह बमोजिम दुवैजना होम आइसोलेसनमा रहेको भट्टराईले बताएका छन् । उनीहरूले पछिल्लो समय आफूहरूको सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?