कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दसैं घरमा फूलपाती भित्र्याइयो

काठमाडौँ — आज नवरात्रीको सातौं दिन अर्थात् फूलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

दसैं घरमा फूलपाती भित्र्याइयो

काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फूलपाती लिन गुरुजुको पल्टनसहितको लावालस्करले जमलमा पुगि डोलामा राखी फूलपाती हनुमान ढोका ल्याएका थिए ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेश गरिएको हुन्छ ।

लावालस्करसहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दसैं घरमा भित्र्याइएको हो ।

दसैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिषेक गरिएको थियो ।

नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ ।

दसैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।

दसैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाईं गर्ने चलन छ ।काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गर्दै आएको हर्ष बढाईंलाई यो वर्ष समान्य रुपमा सम्पन्न गरेको छ ।

प्रकाशित : कार्तिक ७, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?