१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज ४ बजेर २५ मिनेटमा देशवासीको नाममा सम्बोधन गर्ने बताइएको छ । 

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ४ बजेर २५ मिनेटमा प्रधानमन्त्रीको सम्बोधन हुने जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले दसैंको अवसरमार शुभकामना दिने र समसामयिक विषयमा आफ्ना धारणा राख्ने बताइएको छ । कोरोना संक्रमणबारे र पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीले आफ्ना धारणा राख्ने सम्भावना रहेको छ ।

प्रकाशित : कार्तिक ७, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?