१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

होम आइसोलेसनमा रहेका संक्रमितको अस्पताल पुगेलगत्तै मृत्यु

रमेशकुमार पौडेल

चितवन — संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका भरतपुरका एक संक्रमितको बिहीबार बेलुकी भरतपुरको सरकारी अस्पताल पुगेलगत्तै निधन भएको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितको अस्पताल पुगेलगत्तै मृत्यु

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको का पुरुषको बेलुकी सवा १० बजे निधन भएको हो । उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो ।

ती व्यक्तिलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ४७ जनाको निधन भइसकेको छ । संक्रमण बढेसँगै जिल्लामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या अत्यधिक छ । चितवन स्वास्थ्य कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या ३ हजार ५ सय ७० पुगेको छ । निको हुन बाँकी अर्थात् सक्रिय संक्रमित १ हजार ४ सय ५८ छन् । तीमध्ये होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ९१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?