राष्ट्रपतिद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनमोदनपछि राष्ट्रपति भण्डारीले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी हुन् । 

राष्ट्रपतिद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त

राष्ट्रपति भण्डारीले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारिलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।'

प्रकाशित : कार्तिक ६, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?