कपिलवस्तु नगरपालिकाका प्रमुखसहित १८ कर्मचारीमा कोरोना

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह कोरोना भाइरस संक्रमित भएका छन् । उनलाई बुधबार संक्रमण पुष्टि भएको हो । 

कपिलवस्तु नगरपालिकाका प्रमुखसहित १८ कर्मचारीमा कोरोना

गत शुक्रबार उनीसहित नगरपालिकाका १८ कर्मचारीको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।

प्रमुख सिंहका श्रीमती र छोरा यसअघि कोरोना संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो । प्रमुख सिंहले जनतासँग प्रत्यक्ष सम्पर्कमा भई काम गर्दा संक्रमित भएको बताए । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र छिटो निको भई जनताको सेवामा खटिने लालायित भएको बताए ।

उनीसँगै नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक र नगरपालिका वडा नं. ६ का सचिव लगायत संक्रमित भएका छन् । यस्तै नगरपालिका ९ स्थित निग्लिहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् ।

मेयरसहित धेरै कर्मचारी कोरोना संक्रमित भएपछि नगरपालिका बुधबार दिउँसोदेखि कात्तिक १५ गते सम्मका लागि बन्द गरिएको छ । त्यस्तै निग्लिहवा स्वास्थ्य चौकीसमेत बन्द गरिएका मेयर सिंहले बताए । बुधबार जिल्लामा ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?