१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

घाँस काट्न गएकी युवतीको बाघको आक्रमणमा परी मृत्यु

कमल पन्थी

बर्दीया — बर्दियाको मधुवन नगरपालिका ३ भगरैयामा बाघको आक्रमणमा परी २६ वर्षीया गंगा खत्रीको मृत्यु भएको । घाँस काटिरहेको अवस्थामा बाघले झम्टेर उनलाई मारेको प्रहरी उपरिक्षक केदार रजौरेले बताए । 

सशस्त्रको बिओपी नजिक २५ मिटरको दूरीमा, पिल्लर नम्बर ८४ नजिकै घटना भएको प्रहरीले बताएको छ । यो क्षेत्र नेपाल-भारत सीमाको खाता जैविक मार्ग हुँदै सीमासँग नजिक भारतको कतरनिया घाट वन्यजन्तु आरक्षसँग जोडिएको घना जंगल पर्दछ । यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रबाट जंगली जनावर ओहोरदोहोर गर्ने ठाउँ हो ।

प्रकाशित : कार्तिक ५, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?