२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोना निको हुनेको संख्या झण्डै एक लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमण निको हुनेको संख्या झण्डै एक लाख पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिएको हो l

कोरोना निको हुनेको संख्या झण्डै एक लाख

पछिल्लो २४ घण्टामा भने २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?