२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भारतीय गुप्तचर संस्था 'रअ' प्रमुख काठमाडौंमा 

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय गुप्तचर विभाग 'रअ'का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने स्रोतले बताएको छ ।

भारतीय गुप्तचर संस्था 'रअ' प्रमुख काठमाडौंमा 

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले रअका प्रमुख काठमाडौं आएको बताए । 'यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्छ,' उनले भने ।

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डा के छ भन्ने सार्वजनिक गरिएको छैन । गोयलको भ्रमण सम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । भारतीय दूतावासका एक उच्च अधिकारीले भने रअ प्रमुख काठमाडौं नआएको बताए । 'कोही अरु नै आएको हुनसक्छ, रअ प्रमुख आउनु भएको होइन,' ती अधिकारीले भने ।

प्रकाशित : कार्तिक ५, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?