१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैंभत्ता कोरोना कोषमा

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैंभत्ता कोरोना कोषमा

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

एक महिनाको पारिश्रमिकबराबर आउने भत्ता विगतका दसैंमा पनि मुख्यमन्त्री तथा मन्त्रीहरूले सरकारकै कोषमा जम्मा गरेको उनको भनाइ छ ।

यसै गरी बैठकले प्रदेश सरकारले गर्दै आएको कोरोना संक्रमितको उपचार र व्यवस्थापनलाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री बस्नेतले बताए । यससम्बन्धमा सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियाको विश्वास नगर्न उनले आग्रह गरे ।

बैठकले दसैंतिहारलगायत चाडपर्व मनाउँदा सामाजिक दुरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?