कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुनसरीमा दुई कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा कोरोना संक्रमित ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ । गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

सुनसरीमा दुई कोरोना संक्रमितको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेको राति नै महिलाको मृत्यु भएको डा श्रेष्ठले बताए ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिकामा ६८ वर्षीय एक पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका उनको होम आइसोलेसनमा बसेकामा मृत्यु भएको जानकारी प्राप्त भएको छ । बराह क्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालका प्रेस सल्लाहकार नवराज विष्टका अनुसार हालसम्म बराह क्षेत्रमा तीन जनाको मृत्यु भइसकेको छ भने ९९ जना संक्रमित भएका छन् ।


प्रकाशित : कार्तिक ५, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?