१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कांग्रेसको युरोप र अफ्रिकी महादेशमा शाखा गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिको सञ्जालले युरोप र अफ्रिका महादेशमा शाखा गठन गरेको छ । सञ्जालको हालै सम्पन्न भर्चुअल बैठकले बेलायत निवासी शेखर कँडेलको नेतृत्वमा युरोप र विष्णुदत्त भट्ट नेतृत्वमा अफ्रिका शाखाको गठन गरेको हो ।

कांग्रेसको युरोप र अफ्रिकी महादेशमा शाखा गठन

युरोप समितिको उपसंयोजकमा बेलायत निवासी तस्बिर लामा र जर्मनी निवासी विजय मोक्तान छन् । महासचिवमा डेनमार्क निवासी यमलाल सुवेदी, पोर्चुगल निवासी सुरेन्द्र अमगाई र बेलायत निवासी कृष्ण खरेललाई सहसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै नर्वे निवासी विष्णु माया अधिकारी कोषाध्यक्ष र स्पेन निवासी अञ्जु तिमिल्सिनालाई सहकोषाध्यक्ष बनाइएको छ ।

त्यस्तै सात जना सदस्हरु पनि मनोनयन भएका छन् । अफ्रिका शाखामा भने पदाधिकारी तथा सदस्यहरु पछि मनोनयन गरिने भएको जनसम्पर्क विश्व सञ्जालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । समितिका अध्यक्ष विष्णु सुवेदीले संगठन सुधार र पार्टीको अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउन छिट्टै अन्य महादेशमा पनि शाखा गठन गर्ने जानकारी दिए ।

प्रकाशित : कार्तिक ५, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?