कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले मंगलबार पुष्टि गरेको हो । 

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुग्यो

पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

सोही अवधिमा गरिएको १३ हजार ८ सय ६१ पीसीआर परीक्षणबाट ती संक्रमित फेला परेको मन्त्रालयले बताएको छ ।

सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ भने २४ घण्टाको अवधिमा २ हजार १ सय ८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६०९ रहेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० जना रहेका छन् ।


प्रकाशित : कार्तिक ४, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?