१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

थप अनुसन्धानका लागि २३ किलो सुन राजस्व कार्यालयमा बुझाइयो

भूषण यादव

वीरगन्ज — गत शनिबार प्रहरीले बरामद गरेको २३ किलो सुन र दुई किलो चाँदी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

थप अनुसन्धानका लागि २३ किलो सुन राजस्व कार्यालयमा बुझाइयो

वीरगन्ज महानगरपालिका–५ रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट प्रहरीले कात्तिक १ मा छापामारी २३ किलो दुई सय ७५ ग्राम सुन र २ किलो दुई सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सुन र चाँदी सोमबार राजस्व बुझाइएको हो । भारत रक्सौल कस्टमका क्लियरिङ एजेन्ट अशोक सिन्हाको छोरी वीरगन्ज–२ निवासी निवेदिका सिन्हाको नाममा उक्त फ्ल्याट दर्ता रहेको प्रहरीले जनाएको छ ।

सम्वद्ध स्रोतका अनुसार निवेदिकाको नाममा फ्ल्याट दर्ता भएपनि त्यसको प्रयोग भने अशोक सिन्हा र उनका छोरा भतिजाहरुले गर्दै आएका थिए । प्रहरी उपरिक्षक गंगा पन्तले बरामद भएको सुन र चाँदी थप अनुसन्धानका लागि राजस्व कार्यालय बुझाएको बताइन् । ‘हाम्रो पनि अनुसन्धान जारी नै रहन्छ,’ उनले भनिन्, ‘फ्ल्याट कसको नाममा दर्ता छ भन्ने कुरा बाहेक अन्य कुरा अझै खुलेका छैनन् ।’

प्रहरीले सुन चाँदी व्यवसायी संघ पर्साबाट सुन चाँदी चेकजाँच गर्ने विशेषज्ञ बोलाई परीक्षण गराउँदा बरामद गरिएका सुन र चाँदीको बजार मूल्य १८ करोड ६५ लाख रुपैयाँ बराबर रहेको पाइएको थियो ।

गत शनिबार विशेष सूचनाको आधारमा प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा गएको टोलीले गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटको दराजबाट उक्त सुन र चाँदी बरामद गरेको थियो ।

यो पनि पढ्नुहोस् :

वीरगन्जको रेशमकोठीबाट २३ किलो सुन बरामद

प्रकाशित : कार्तिक ४, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?