१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१७ किलो यार्सागुम्बासहित एक पक्राउ

मनोज बडू

दार्चुला — सदरमुकाम खलंगास्थित पुलघाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

१७ किलो यार्सागुम्बासहित एक पक्राउ

शनिबार पुलघाटबाट हुम्लाको नाम्खा गाउँपालिका-३ का ३५ वर्षीय डोकार लामालाई अवैध यार्सागुम्बासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी पदमबहादुर विष्टका अनुसार झोला बोकी हिँडिरहेका लामामाथि प्रहरीलाई शंका लागेपछि चेक गर्दा उनको साथबाट उक्त परिमाणको अवैध यार्सागुम्बा बरामद गरिएको हो ।

यार्सागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालय दार्चुलालाई बुझाएको प्रहरीले जनाएको छ ।

लामासँग यार्सा संकलन, निकासी तथा छोडपुर्जी कुनै पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त परिमाणको यार्सागुम्बा कसको र कहाँबाट ल्याएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?