२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना, अवस्था सुधारोन्मुख

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमित बनेका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापा शुक्रबार चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका हुन् ।

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना, अवस्था सुधारोन्मुख

पूर्वउपप्रधानमन्त्री रहेका थापाको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्‍चालक बाबुकाजी कार्कीले शनिबार विज्ञप्तिमार्फत जनाएका छन् । उनका अनुसार थापाको उपचारमा मेडिकल डाइरेक्टर समेत रहेका डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको छ ।

चिकित्सकहरुका अनुसार अध्यक्ष थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनमा ज्वरो नियन्त्रणमा आएको र श्वासप्रश्वासको समस्या समेत नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

थापालाई स्वास्थ्य समस्या देखिएपछि परीक्षण गर्दा बुधबार कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : कार्तिक १, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?