कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्व आईजीपी खरेलद्वारा ११ लाखको अक्षयकोष स्थापना 

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले नेपाल प्रहरीका सन्ततिलाई शिक्षादिक्षामा सहयोग पुर्‍याउन ११ लाख रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन् ।

पूर्व आईजीपी खरेलद्वारा ११ लाखको अक्षयकोष स्थापना 

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले उक्त घोषणा गरेका हुन् ।

अमर प्रहरीका सन्तानको शिक्षाका निम्ति एक छात्रा र एक छात्रलाई जनही ३० हजारका दरले वार्षिक रुपमा छात्रवृत्ति दिनेगरी प्रहरी प्रधान कार्यालयसँग खरेलले सम्झौता गरेका छन् ।

यो छात्रवृत्ति कर्तव्य पालनाका क्रमममा विरगति प्राप्त गर्ने जवान, हवल्दार, सहायक निरीक्षक तथा नायब निरीक्षकका सन्तानलाई प्रदान गरिने छ । 'अच्युत-मिना अमर प्रहरी पुरस्कार’ नाम दिइएको उक्त कोषका लागि खरेलले आफ्नो मृत्‍युपर्यन्त पनि यो छात्रवृत्ति निरन्तर रहने कान्तिपुरलाई बताए ।

योसँगै खरेलले नेपाल प्रहरीका चारै क्षत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा प्रहरी जवान र हवल्दारका गरिब तथा जेहन्दार सन्तानलाई आफ्नो मासिक पेन्सन ८ हजार ५ सय ११ रुपैयाँ पनि प्रत्येक महिना छात्रवृत्ती स्वरुप प्रदान गर्ने घोषणा गरसकेका छन् ।

३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला प्रहरी महानिरीक्षक बनेका थिए ।

प्रकाशित : कार्तिक १, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?