१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छायाँकार मास्केको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ । सात वर्षदेखि मृगौलाको रोगी मास्केलाई गत आइतबार कोरोना पुष्टि भएको थियो ।

छायाँकार मास्केको निधन

कोरोनाको उपचारकै क्रममा शुक्रबार निदान अस्पतालमा ८३ वर्षको उमेरमा उनले प्राण त्यागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए ।

'उहाँ हप्ताको तीन पटक डायलाइसिस गराउनु पर्थ्‍यो । आइतबार कोरोना पुष्टि भयो । त्यसयता निदान अस्पतालमा उपचार गराउँदै गर्दा उहाँले शुक्रबार १:३० मा संसार छोड्नु भयो,' लामाले भने । उनका श्रीमती र एक छोरी छन् ।

मास्केले सन् १९६६ मा 'फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इन्डिया'बाट छायांकनमा ३ वर्षे अध्ययन सकाएका थिए । नेपाली फिल्ममा प्राविधिकका लागि भारतमा भर पर्नुपर्ने समयमा उनले २०२४ मा 'हिजोआज भोलि'बाट साहयक छायाँकारको रुपमा काम थालेका थिए । त्यसपछि 'परिवर्तन', 'मनको बाँध'हुँदै उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय हुँदै गए ।

उनले छायांकनसँगै निर्देशन र सम्पादनमा पनि आफ्नो अनुभव बटुलेका थिए । 'ट्रान्सपोर्टेसन नेपाल' र 'बाँच र बाँच्न देऊ' उनले निर्देशन गरेका वृतचित्र हुन् ।

'रमाइलो कुरा त म सन् १९६८ मा जन्मे, उहाँले १९६६ मै पुणाबाट फिल्म पढेर आउनु भएको हो । उहाँसँग मेरो भेट फोटो पत्रकारको रुपमा भएको हो । उहाँ रोयटर्सको न्यूज क्यामेरा पर्सन । उहाँजस्तो वरिष्ठ व्यक्तिसँग मैले सँगै काम गर्न पाएँ । मेरो बुवाको उमेर समानको उहाँ फिल्डमा हाम्रै उमेरको जस्तो जोशमा काम गर्नुहुन्थ्यो । निकै खटेर काम गर्नुहन्थ्यो,' पत्रकार विकास रौनियार सम्झन्छन्,'मलाई व्यक्तिगत रुपले उहाँ किन मन पर्थ्यो भने उहाँ फिल्म र फोटो पत्रकारितामा रुची राख्नुहुन्थ्यो । मलाई पनि फिल्म र फोटो पत्रकारितामा रुची ।'

'मनको बाँध'जस्तो फिल्म गरिसकेको छायाँकार मास्के कार्य क्षेत्रमा अन्य फोटो पत्रकार जसरी खटेर काम गर्थे । 'हाम्रो लागि त एकदम उदाहरणीय हुनुहुन्थ्यो । प्रेरिक हुनुहुन्थ्यो । फोटोहरु खिच्न जाँदा उहाँसँग धेरै रमाइलो क्षण बिताएको छु । उहाँ भद्र, शालिन स्वभावको हुनुहुन्थ्यो । निकै सहयोगी पनि,' विकासले सम्झे ।

प्रकाशित : कार्तिक १, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?