२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सेनाको पृतनापति बैठक कात्तिक २ देखि ४ गतेसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आगामी आइतबारदेखि हुने भएको छ । भदौमा गर्ने भनिएको बैठक स्थगन गरिएको थियो । पृतनापति समन्वयात्मक तीनदिने बैठक पहिलो पटक भर्चुअल माध्यमबाट हुन लागेको सेनाले जनाएको छ ।

सेनाको पृतनापति बैठक कात्तिक २ देखि ४ गतेसम्म

मुलुकका ७ प्रदेश र उपत्यका गरी सेनाका ८ पृतना छन् । पृतनापति भेलामा सम्बन्धित प्रमुख तथा उपरथीहरूले आफ्ना पृतनाको काम, कारबाही र त्यस क्षेत्रको सुरक्षाको विषयमा जानकारी दिनेछन् । उद्घाटन रक्षा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ भने बैठकलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्बोधन गर्नेछन् ।

निवर्तमान रक्षा मन्त्री ईश्वर पोखरेलसँगको सम्बन्धमा चिसोपना आएका कारण सेनाले उक्त महत्त्वपूर्ण बैठकलाई स्थगित गरेको थियो । पोखरेललाई प्रधानमन्त्री ओलीले रक्षाको जिम्मेवारीबाट हटाएपछि सेनाले उक्त बैठक गर्न लागेको स्रोतले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?