कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीले सम्झौता गर्ने छैन : गृहमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले भूमिगत समूह र गठबन्धनलाई निस्तेज पार्न कहीं पनि सम्झौता नगरी अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् ।

भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीले सम्झौता गर्ने छैन : गृहमन्त्री

६५ औँ प्रहरी दिवसका अवसरमा गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली गर्ने र जनताको अधिकार प्रयोगबाट वञ्जित गराउने समूहलाई प्रहरीले कारबाही गर्ने विश्वास लिएका हुन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री थापाले संविधानलाई चुनौती दिने भूमिगत समूहलाई निस्तेज पार्ने विश्वास लिएको बताए ।

'संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा अड्चन पैदा गरिरहेका छन्,' उनले भने, 'त्यस्ता गठबन्धन समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन ।'

प्रहरी पनि समाजको अंग भएकाले समाजमा देखा पर्ने प्रवृत्ति प्रहरी संगठनमा पनि देखिने गृहमन्त्री थापाको भनाइ थियो । उनले प्रहरी र देशमा परिवर्तन चाहने समाजले पहिला आफ्नो मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए ।

नेपाल प्रहरीलाई संघीय संरचना परिवर्तन गर्दा थप सुदृढ हुने गृहमन्त्री थापाको भनाइ थियो । उनले प्रहरीको सेवा र सुविधामा मन्त्रालयले थप लगानी गर्ने बताए ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन ३०, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?