कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुर्खेतमा मृत्यु भएका २२ वर्षीय युवकलाई कोरोना पुष्टि

चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोनाले बिहीबार राति गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार राति प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको उपचारकै क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ ।

सुर्खेतमा मृत्यु भएका २२ वर्षीय युवकलाई कोरोना पुष्टि

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार मृत्युु भएको करिब साढे २ घण्टापछि उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार शौचालय गएका बेला बेहोस अवस्थामा भेटिएपछि परिवारले सुरुमा उनलाई झारफुक गरेका थिए । त्यसपछि सोही दिन देउती अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । देउती अस्पतालले प्रदेश अस्पतालमा रेफर गरेको थियो ।

प्रदेश अस्पतालमा उपचारका क्रममा उनलाई सास फेर्न अप्ठ्यारो भएपछि आईसीयूमा राखिएको थियो । यससँगै कर्णाली प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ हालसम्म ४ हजार ८ सय २४ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये १ हजार १ सय ८८ जना विभिन्न जिल्लाका आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित : आश्विन ३०, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?