१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालगन्ज मेडिकल कलेजमा रुकुम पश्‍चिमका कोरोना संक्रमितको मृत्यु 

रुपा गहतराज

नेपालगन्ज — रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ का कोरोना संक्रमित ३३ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा रुकुम पश्‍चिमका कोरोना संक्रमितको मृत्यु 

स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिरामीको समस्याअनुसार उपचार गरिए पनि बिस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन ३०, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?