कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् । 

राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण

बुधबार सामान्य टाउको दुखेपछि अध्यक्ष थापाले स्वास्थ्य परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा बिहीबार कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन् ।

प्रकाशित : आश्विन २९, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?