धरानमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङबो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार सवा ११ बजे धरान उपमहानगर–७ बस्ने ६३ वर्षीया एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धरानमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

श्वासप्रश्वासमा समस्या आएपछि असोज २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । योसहित पछिल्लो २४ घण्टामा प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका र होम आइसोलेसनमा मृत्यु भएकाको संख्या धरानका मात्र ८ जना पुगेको छ । यस्तै प्रतिष्ठानको इमर्जेन्सी कक्ष र कोभिड अस्पतालमा मृत्यु हुने संक्रमितहरुको संख्या तेह्रथुम र इटहरीका गरी ७ जना पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार निमोनिया र मुटुको दीर्घरोगीसमेत रहेकी धरान–७ की महिलाको असोज २२ गते पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित : आश्विन २९, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?