कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट : ११ जना घाइते [अपडेट]

तस्बिर : केशव थापा

काठमाडौँ — काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् । 

सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट : ११ जना घाइते [अपडेट]

स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले कान्तिपुरलाई बताए । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ ।

विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : आश्विन २९, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?