कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

अहिले स्वास्थ्य अवस्था सामान्य : चिकित्सक
कान्तिपुर संवाददाता

काठमाडौँ — उच्च रक्तचाप श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल बुधबार साँझ धुमबाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

अहिले खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेको नेतृत्वको टोली खनालको उपचारमा संलग्न रहेको ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिए ।

खनालको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या भएको पनि निर्देशक डा. शर्माले बताए । उच्च रक्तचापको पनि समस्या रहेका खनाललाई हाल अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ ।

खनालको स्वास्थ्यमा भइरहेको सुधार हेर्दा दुई तीन दिनमा डिस्चार्ज गर्न सकिने पनि निर्देशक शर्माले बताए ।

प्रकाशित : आश्विन २९, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?