राष्ट्रिय झण्डा ओढाएर सभामुखद्वारा सांसद पहाडीलाई अन्तिम श्रद्धाञ्‍जली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाकी सांसद सानु शिवा पहाडीको पार्थिव शरीरमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिएका छन् ।

राष्ट्रिय झण्डा ओढाएर सभामुखद्वारा सांसद पहाडीलाई अन्तिम श्रद्धाञ्‍जली

पहाडीको पार्थिव शरीरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । अहिले पहाडीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनलाई श्रदाञ्जली दिनका लागि आफन्त, सांसद र नेकपाका कार्यकर्ता पशुपति आर्यघाट गइरहेका छन् ।

सांसद पहाडीको बिहीबार अन्त्योष्टि गरिने नेकपाले जानकारी दिएको छ ।

पहाडीको बुधबार उपचारका क्रममा निधन भएको थियो । लामो समयदेखि मिर्गौला र मुटुको रोगबाट पीडित पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । पहाडी नेकपाकी समानुपातिक सांसद हुन् ।

विद्यार्थी राजनीति हुँदै उनले दलित आन्दोलनमा पनि सक्रिय सहभागिता जनाएकी थिइन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २९, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?